PahiloPost

Jun 23, 2024 | १० असार २०८१

वीरगंजमा पहिलो दिन १२ जना मेयरका प्रत्यासीसहित ७७ ले गराए उम्मेदवारी दर्ता



राधेश्याम पटेल

वीरगंजमा पहिलो दिन १२ जना मेयरका प्रत्यासीसहित ७७ ले गराए उम्मेदवारी दर्ता

वीरगंजः मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगंजमा आसन्न निर्वाचनमा लागि मनोनयनको पहिलो दिन ७७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

महानगर प्रमुखमा १२ जना, वडाध्यक्षमा एक महिलासहित २० जना, खुला सदस्यमा एक महिलासहित २९ जना, महिला सदस्य १० जना, दलित महिला सदस्य ६ जना गरी कुल ७७ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत जयप्रसाद काफ्लेले बताए।

काफ्लेका अनुसार वीरगंज महानगरपालिकाको प्रमुखमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट ६३ वर्षीय गोकर्णप्रसाद कोइरी र नेपाल सद्भावना पार्टीको तर्फबाट ५० वर्षीय विजयकुमार रौनियारले उम्मेदवारी दर्ता गराएका छन्। १० जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्।

स्वतन्त्र रुपमा उम्मेदवारी दिनेमा ३७ वर्षीय रिजवान अली, ६३ वर्षीय राजेन्द्रप्रसाद भुमिहार, ३१ वर्षीय कैलाशप्रसाद सर्राफ, २४ वर्षीय फिरोज आलम, ४९ वर्षीय महम्मद रियाजुल हक, २२ वर्षीय बिक्कीराज पटेल, ३३ वर्षीय सञ्जीवकुमार यादव, ३८ वर्षीय राजेश सिंह, ३४ वर्षीय राधेश्याम साह र २५ वर्षीय महम्मद सगीर अली छन्।

वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) पार्टी, जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा पार्टीबाट उम्मेदवारी दर्ता भएको छ। वडाध्यक्ष र सदस्यहरुमा केही स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन्।

सोमबार मुख्य दलले दर्ता गर्ने

उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन वैशाख १२ गते मुख्य दलहरुले उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेका छन्। सत्तारुढ गठबन्धनका तर्फबाट मेयरमा जसपाका राजेशमान सिंह, एमालेबाट विजयकुमार सरावगी, राप्रपाबाट गिरीश गिरीले मनोनयन दर्ता गर्ने निश्चित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell