PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

सुर्खेत र रुकुम पश्चिममा अझै मिलेन गठबन्धनभित्रको किचलो, तय हुन सकेनन् उम्मेदवार



पहिलोपोस्ट

सुर्खेत र रुकुम पश्चिममा अझै मिलेन गठबन्धनभित्रको किचलो, तय हुन सकेनन् उम्मेदवार

सुर्खेतः आसन्न निर्वाचनका लागि सत्तारुढ गठबन्धन अझै भागबन्डाकै किचलोमा छ। बिहीबारदेखिको निरन्तरको बैठकले सिट बाँडफाँट टुंगो लगाउन नसकेपछि केन्द्रीय नेतृत्वलाई जिम्मा दिइएको छ।

बाँडफाँटमा सहमति हुन नसकेको सुर्खेत र रुकुम पश्चिम जिल्लाको पालिकाको उम्मेदवार केन्द्रको निम्मा लगाइएको हो। भागबण्डामा सहमति हुन नसक्दा केन्द्रीय नेतृत्व कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका जनार्दन शर्माबीच छलफल भइरहेको छ।

प्रदेश संयन्त्रको बैठकले आठ वटा जिल्लाहरुको पालिकामा उम्मेदावरी बाँडफाँटको टुंगो लगाएको माओवादी केन्द्र कर्णाली प्रदेशको अध्यक्ष विमला केसीले जानकारी दिइन्। उनका अनुसार दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, मुगु, कालिकोट र डोल्पा जिल्लाका पालिकाहरुमा उम्मेदवार बाँडफाँटमा सहमति भइसकेको छ।

गठबन्धन स्रोतका अनुसार माओवादीको आधार इलाका रुकुप श्चिममा कांग्रेसले भाग खोजेको छ भने, सुर्खेतमा कांग्रेसले जित हात पारेका पालिका पनि माओवादीले भाग खोज्दा सहमति हुन सकेको छैन।

सुर्खेतमा अघिल्लो निर्वाचनमा कांग्रेसले ६ वटा स्थानीय तह प्रमुखमा जित हात पारेको थियो। यस्तै पाँच उपप्रमुख पनि जितेको थियो। रुकुम पश्चिममा भने माओवादी केन्द्रले एकलौटी जितेको थियो।

आफ्नो जनधार भएका पालिकामा गठबन्धनको नाममा अन्य दललाई दिएको भन्दै नेपाली कांग्रेसका नेता कार्यकर्ताले शीर्ष नेतृत्वलाई विद्रोहको चेतावनी समेत दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell