PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

पोखरा महानगरमा बाहेक कास्कीका पालिकामा गठबन्धन टुट्यो, एक्लै चुनाव लड्ने कांग्रेसको निर्णय



पहिलोपोस्ट

पोखरा महानगरमा बाहेक कास्कीका पालिकामा गठबन्धन टुट्यो, एक्लै चुनाव लड्ने कांग्रेसको निर्णय

पोखराः कास्कीमा पाँच दलीय गठबन्धन टुटेको छ। कांग्रेस कास्कीको आइतबार बसेको पदाधिकारी बैठकले एक्लै चुनाव लड्ने निर्णय गरेको हो।

गठबन्धन तोड्ने माग गर्दै कास्की कांग्रेसका पदाधिकारीलाई कार्यकर्ताले आइतबार थुनेका थिए। लगत्तै कास्की सभापति किशोरदत्त बरालले पोखरामा बाहेक अन्य पालिकामा मित्रवत प्रतिस्पर्धा गर्ने बताएका छन्।

'कार्यकर्ताबाट आएको रायसुझावले कास्कीमा मित्रवत प्रतिस्पर्धामा जाने निर्णय गरियो,' बरालले भने।

कास्की कांग्रेसले सबै पालिकामा मित्रवत् प्रतिस्पर्धा गरे पनि पोखरा महनगरपालिकाको प्रमुख पदमा एकीकृत समाजवादीलाई सघाउने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell