सुर्खेतः स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) कर्णाली प्रदेशले दश वटै जिल्लामा अधिकांश उम्मेदवारको टुंगो लगाएको छ।
एमाले कर्णाली प्रदेश कमिटीका अनुसार दैलेख र डोल्पाका दुई दुई पालिकामा उम्मेदवार टुंगो लगाउन बाँकी रहेको छ। दैलेखको आठबीस नगरपालिकाको प्रमुख तथा उपप्रमुख र भैरवी गाउँपालिकाको अध्यक्ष एवं उपाध्यक्ष पदको उम्मेदवार सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयमा पठाएको छ।
डोल्पाको ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकाको प्रमुख तथा उपप्रमुख सिफारिसका लागि पनि केन्द्रमा पठाइएको छ।
हुम्लामा भने अध्यक्ष पदको उम्मेदवार टुंगो लगाए पनि उपाध्यक्षको बाँकी छ।
यी हुन् उम्मेदवार