PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

वेस्टहममाथि चेल्सीको संघर्षपूर्ण जित, लिभरपुलले एभर्टनलाई हरायो



पहिलोपोस्ट

वेस्टहममाथि चेल्सीको संघर्षपूर्ण जित, लिभरपुलले एभर्टनलाई हरायो
PhotoL Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न चेल्सीले वेस्टहमलाई हराएको छ। स्टामफोर्ड ब्रिज स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले वेस्टहममाथि १-० गोलअन्तरको सहज जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको निर्धारित समयको अन्तिम मिनेटमा मार्को अलोन्सोको पासमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरेका थिए। त्यसअघि ८५ औं मिनेटमा वेस्टहमका क्राइग डावसनले रोमेलु लुकाकुलाई फउल गरेपछि रेड कार्ड ब्यहोर्दै बाहिरिएका थिए। लगत्तै पाएको पनेाल्टीमा जर्गिन्हो चुके।

त्यस्तै आजै सम्पन्न अर्को खेलमा लिभरपुलले एभर्टनलाई हरायो। एनफिल्डमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले २-० गोलअन्तरको जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६२ ‍औं मिनेटमा मोहम्मद सलाहको पासमा एन्डी रोबर्टसनले हेडरमार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। त्यस्तै ८५ औं मिनेटमा लुइस डियाजको पासमा डिभोक ओरिगीले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए।

त्यस्तै आजै सम्पन्न अन्य खेलहरुमा बर्नलीले वुल्भ्सलाई १-० ले हराउँदा ब्राइटोन र साउथह्याम्टनले २-२ को बराबरी खेले।

आजको खेलमा जित निकालेसँग ७७ अंक जोडेको लिभरपुल दोस्रो र ६५ अंक जोडेको चेल्सी तेस्रो स्थानमा यथावत छ। शीर्षस्थानमा भने ८० अंक जोडेको म्यानचेस्टर सिटी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell