PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

रुपन्देहीमा कांग्रेसले छान्यो उम्मेदवार : तिलोत्तमामा गृहमन्त्री बालकृष्ण खाणका भाइलाई टिकट



रमेश पराजुली

रुपन्देहीमा कांग्रेसले छान्यो उम्मेदवार : तिलोत्तमामा गृहमन्त्री बालकृष्ण खाणका भाइलाई टिकट

बुटवल : स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले रुपन्देहीका सबै पालिकाहरुमा उम्मेदवारहरुको टुंगो लगाएको छ। मनोनयन दर्ता गर्ने अन्तिम दिन सोमवारमात्र रुपन्देहीका पालिकाहरुमा उम्मेदवारको टुंगो लागेको हो।

सबै पालिकामा सत्तागठबन्धनबाट पालिका प्रमुख पाउने अवसर पाएको कांग्रेसले बुटवल उपमहानगरमा खेलराज पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पाण्डे यस अघिको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका थिए।

तिलोत्तमा नगरपालिकामा रामकृष्ण खाणलाई उम्मेदावार बनाउने निर्णय भएको छ। गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाई रामकृष्ण यस अघिको निर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग पराजित भएका थिए। उनी कांग्रेस जिल्ला सभापति पनि हुन्।

कांग्रेसले देवदह नगरपालिकामा बहालवाला नगरप्रमुख हिरा केसीलाई उठाउने भएको छ। उनले एमालेका टिकाराम चापागाईलाई पराजित गरेर नगर प्रमुख बनेका थिए।

सिद्धार्थनगर नगरपालिकामा ईस्तीयाक अहमद, सैनामैना नगरपालिकामा फणिन्द्र शमालाई नगर प्रमुखमा उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस रुपन्देहीले जनाएको छ। फणिन्द्र शर्मा यसअघि एमालेका चित्रबहादुर कार्कीसँग पराजित भएका थिए।

त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकामा सिरजुद्दिन मुसलमानलाई उम्मेदावार बनाउने निर्णय भएको छ। शुद्धोधन गाउँपालिकामा विष्णु बस्याल, सियारी गाउँपालिकामा थानेश्वर घिमिरे, कञ्चन गाउँपालिकामा नवराज ढकाल, मायादेवी गाउँपालिकामा धु्रवनारायण चौधरी, रोहणी गाउँपालिकामा बैजनाथ साहनी,  समरीमाई गाउँपालिकामा विवेक कुमार श्रीवास्तवलाई उम्मेदावार बनाउने निर्णय भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell