PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

फ्रान्सको राष्ट्रपतिमा फेरि म्याक्रोन, ल्याए अनुमानित भन्दा बढी मत



पहिलोपोस्ट

फ्रान्सको राष्ट्रपतिमा फेरि म्याक्रोन, ल्याए अनुमानित भन्दा बढी मत

इम्यान्यूल म्याक्रोन फ्रान्सको राष्ट्रपति पदमा निर्वाचित भएका छन्। मारिन ले पेनलाई पराजित गर्दै म्याक्रोन फेरि राष्ट्रपति बनेका हुन्।

उनले ५८.५५ प्रतिशत मत ल्याउँदै विजयी भएको बिबिसिले जनाएको छ। ले पेनले ४१.४५ प्रतिशत मतमात्र प्राप्त गरिन्। म्याक्रोनले अनुमान गरिएको भन्दा बढी मत ल्याएको बताइएको छ।

पहिलो चरणमा भएको निर्वाचनमा मध्यपन्थी म्याक्रोनले २७.८ प्रतिशत मत ल्याउँदा पेनले २३.२ प्रतिशत मत ल्याएकी थिइन्। त्यही कट्टर वामपन्थी नेता जिन लक मेलेनचोनले २२ प्रतिशत मत ल्याएका थिए।

म्याक्रोन यतिबेला युक्रेन मामिलामा युरोपकै नेताको रुपमा उभिएका छन्। अर्कोतिर ले पेन भने पुटिनसँगको सम्बन्ध विस्तारलाई जोड दिँदै आएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell