PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

हालसम्म १३ हजार ३८६ जनाले दिए स्थानीय तह निर्वाचनमा उम्मेदवारी, कुन जिल्लामा कति पर्‍यो उम्मेदवारी (सूची सहित)

हालसम्म १३ हजार ३८६ जनाले दिए स्थानीय तह निर्वाचनमा उम्मेदवारी, कुन जिल्लामा कति पर्‍यो उम्मेदवारी (सूची सहित)

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनका लागि हालसम्म १३ हजार ३८६ जनाको उम्मेदवारी दर्ता भएको छ। ७ प्रदेशका ७५३ स्थानीय तहमा ६१३ जनाले प्रुमख पदमा उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ।

अध्यक्षमा ४७६ जना, उपप्रुमखमा २६८ जना, उपाध्यक्षमा ३०३ जना, वडा अध्यक्षमा ३ हजार ५४६ जना, महिला सदस्यमा २ हजार ६९ जना र दलित महिला सदस्यमा १ हजार ६६४ले उम्मेदवारी दर्ता गराइसकेका छन्। यस्तै, वडा सदस्यमा १ हजार ५६४ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ।

वैशाख ३० गते हुने निर्वाचनका लागि हिजो र आज निर्वाचन आयोगले मनोनयनको समय तोेकेको छ। आज साँझ ५ बजेसम्म मनोनयन दर्ता गरिसक्नुपर्नेछ। 

अन्तिम नामावली प्रकाशन भने बैशाख १७ गतेका लागि तोकिएको छ।

 

 



ट्रेन्डिङ पोस्ट

Ncell