PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

कांग्रेसबाट हेटौंडा उपमहानगर उपप्रमुखको उम्मेदवार बने राजेश बानियाँ



पहिलोपोस्ट

कांग्रेसबाट हेटौंडा उपमहानगर उपप्रमुखको उम्मेदवार बने राजेश बानियाँ

हेटौंडा : सत्तारुढ गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको उपप्रमुख पदको टिकट नेपाली कांग्रेसका राजेश बानियँले पाएका छन्।

आइतबार बसेको नेपाली कांग्रेस मकवानपुर संसदीय समितिको बैठकले हेटौंडाको उपमेयरको टिकट बानियाँलाई दिने निर्णय गरेको हो।

बानियाँ हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ का बहालवाला अध्यक्ष हुन्। २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उनी वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए। उनी कांग्रेस क्षेत्रीय सभापति समेत हुन्।

उपमहानगर प्रमुखको सिट भने गठबन्धनले नेकपा एकीकृत समाजवादीलाई दिएको छ। एकीकृत समाजवादीबाट प्रमुखमा मिना लामाले आज मनोनयन दर्ता गराउँदैछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell