PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

ललितपुर महानगरमा कांग्रेसबाट चिरिबाबु महर्जन मेयरको उम्मेदवार



पहिलोपोस्ट

ललितपुर महानगरमा कांग्रेसबाट चिरिबाबु महर्जन मेयरको उम्मेदवार

काठमाडौं : नेपाली कांग्रेसले ललितपुर महानगरपालिका प्रमुखमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर महानगर प्रमुखको उम्मेदवारमा महर्जनको नाम पक्का गरेको बालुवाटार स्रोतले जनायो।

प्रमुखको उम्मेदवारका लागि महर्जनसँगै उपप्रमुख गीता सत्याल, प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनको नाम सिफारिस गरिएको थियो।

आइतवारको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकले उम्मेद्वार टुंगो लगाउने जिम्मा देउवालाई प्रदान गरेको हो।

देउवाले काठमाडौंको मेयरमा सिर्जना सिंह र विराटनगरको मेयरमा डा नागेश कोइरालालाई टिकट दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell