
हेटौँडा : आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसका नेता सुदिप राजबाहकले हेटौँडा उपमहानगरपालिकामा वडाध्यक्षमा बागी उम्मेदवारी दिएका छन्।
२०७४ को निर्वाचनमा कांग्रेसबाट वडा नम्बर २ मा उनीमात्र वडा सदस्यमा निर्वाचित भएका थिए। कांग्रेसले हेटौँडा वडा नम्बर २ को वडाध्यक्षको उम्मेदवार रबिन्द्रराज घिमिरेलाई बनाउने भएपछि असन्तुष्ट रहेका राजबाहकले बागी उम्मेदवारी दर्ता गराएका हुन्।