A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6a73930d8e5fb9.94021486): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6a73930d8e5fb9.94021486,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a739314982251.15149137): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a739314982251.15149137,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

ललितपुर महानगरमा फेरि चिरिबाबु र हरिकृष्ण बिच 'ब्याटल', के यसपाला पल्टेला दाउ?
PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

ललितपुर महानगरमा फेरि चिरिबाबु र हरिकृष्ण बिच 'ब्याटल', के यसपाला पल्टेला दाउ?



पहिलोपोस्ट

ललितपुर महानगरमा फेरि चिरिबाबु र हरिकृष्ण बिच 'ब्याटल', के यसपाला पल्टेला दाउ?

काठमाडौं : ललितपुर महानगरपालिका प्रमुखका लागि फेरि चिरिबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारबिच प्रतिस्पर्धा हुने भएको छ।

आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट फेरि चिरिबाबु महर्जनले टिकट पाएपछि ललितपुरमा पुरानै 'ब्याटल' दोहोरिन लागेको हो। सोमवार शेरबहादुर देउवाले महर्जनलाई महानगर प्रमखुको टिकट दिएका हुन्। महानगर प्रमुखका लागि महर्जनसँगै उप्रप्रमुखमा गीता सत्याल छिन्। यस्तै, नगर सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्यों, प्रेमकृष्ण महर्जन, अनन्तप्रकाश श्रेष्ठ र महानगरका पूर्वसभापति राजेश महर्जनको नाम पनि महानगर कार्यसमितिले सिफारिस गरेको छ।

चिरिबाबुले नजित्ने भन्दै प्रेमकृष्ण महर्जन र भरतलाल न्याछ्योंले लबिङ गरेका थिए। उनीहरुले सामाजिक संजालमा ललितपुरलाई कसरी विकास गर्न सकिन्छ भनेर प्रचारप्रसार समेत सुरु गरेका थिए। तर, अन्तत: देउवाले चिरिबाबुलाई नै अघि सारेका हुन्।

नेकपा एमालेले भने हरिकृष्ण ब्यञ्जनकारलाई नै टिकट दिएको छ। यस्तै महानगरको उपप्रमुखमा एमालेले आस्था शाक्य 'मञ्जली' लाई उम्मेदवार बनाएको छ।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट प्रतिस्पर्धा गरेका चिरिबाबु महर्जनले २४ हजार ६ सय ४२ मत ल्याइ महानगर प्रमुखमा विजयी भएका थिए। ब्यञ्जनकारले २४ हजार ३ सय १६ मत पाएका थिए। त्यस्तै, माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार दिनेश महर्जनले १० हजार ६ सय ६१ मत प्राप्त गरेका थिए।

चिरिबाबुसँग ब्यञ्जनकार मात्र ३ सय २६ मतले पराजित भएका थिए। चुनावी परिणामसँग असन्तुष्ट भएका ब्यञ्जनकार अदालतसम्म पुगेका थिए।

यसपटक चिरिबाबु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीसँगको गठबन्धनमा प्रमुख पदमा उठ्दैछन्। यसअघि माओवादीले पाएको मत पाउनेमा कांग्रेस ढुक्क देखिन्छ। यस्तै, एमाले फुटेर बनेको एकीकृत समाजवादीको मत पाउने कांग्रेसको विश्वास छ।

२०७४ सालमा ललितपुर महानगरमा करिब १ लाख १२ हजार ९ सय २३ मतदाता थिए। यसपटक महानगरमा १ लाख २२ हजार ८ सय ९० पुगेको छ। यसपटक करिब ९ हजार मतदाता थपिएका छन्। ललितपुरमा जातीय मतको धेरै भार छ। महर्जन र ब्यञ्जनकार दुवै ज्यापु समुदायबाट प्रतिनिधित्व गर्छन्। उक्त समुदायको मतलाई पनि ललितपुरमा निर्णायक मानिन्छ।

पछिल्लो समय चिरिबाबुसँग ललितपुरकै कांग्रेसका नेता र जातीय समूह रिसाएको बताइन्छ। यद्यपि, चिरिबाबु भने त्यो मान्न तयार छैनन्। केही दिन अघिमात्रै उनले यसअघि आफू नै जितेको भन्दै अबको निर्वाचन पनि आफूले जित्ने बताएका थिए।

कांग्रेसले उम्मेदवार टुंग्याउन समय लगाउँदा भने ब्यञ्जनकारले चुनावी प्रचार प्रसारलाई तीब्रता दिएका थिए। गएको निर्वाचनमा झिनो मतान्तरले हारेका उनी यसपटक जित्नेमा आशावादी रहेको बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell