PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

पोखरा महानगरको मेयरमा एमालेबाट उम्मेदवार बनेका थापाले प्रदेशसभा सदस्यबाट दिए राजीनामा



पहिलोपोस्ट

पोखरा महानगरको मेयरमा एमालेबाट उम्मेदवार बनेका थापाले प्रदेशसभा सदस्यबाट दिए राजीनामा

पोखरा : गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले सांसद पदबाट राजीनामा दिएका छन्।

नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनका लागि पोखरा महानगरपालिकाको प्रमुख पदमा उनको नाम टुंगाएसँगै थापाले आज सभामुख नेत्रनाथ अधिकारीसमक्ष राजीनामा बुझाएका हुन्। अब केहीबेरमा उनी निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउने बताएका छन्।

थापा कास्की २ (क) बाट निर्वाचित सांसद थापा हुन्। थापा २०७४ सालको निर्वाचनमा १५ हजार ३ सय २९ मत ल्याउदै सांसदमा निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell