PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

पाल्पामा रुखबाट लडेर एकजनाको मृत्यु



पहिलोपोस्ट

पाल्पामा रुखबाट लडेर एकजनाको मृत्यु

बुटवल : पाल्पामा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ।

जिल्लाको रामपुर नगरपालिका ८ स्थित घिमिरेटोलका ३५ वर्षीय रमेश आचार्यको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए।

सोमबार बिहान आफ्नै घर नजिकको बारीमा घाँस काट्न गएका आचार्य काब्रोको रुखबाट लडेर गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका आचार्यलाई उपचारका लागि पाल्पाको रामपुर अस्पतालमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

शवलाई पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell