PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

सभागृहमा चुनावी रौनक : बाजागाजासहित मनोनयन दर्ता गराउन पुग्दै उम्मेदवार

सभागृहमा चुनावी रौनक : बाजागाजासहित मनोनयन दर्ता गराउन पुग्दै उम्मेदवार

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अहिले विभिन्न राजनीतिक दलबाट टिकट पाएका उम्मेदवारहरु पुगिरहेका छन्। आसन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर प्रमुख, उपप्रमुख र वडा अध्यक्ष र सदस्यमा मनोनयन दर्ता गराउन उम्मेदवारहरु पुगेका हुन्।

महानगर प्रमुखका लागि आइतबार १६ जनाले उम्मेदवारी दर्ता गराएका थिए। आज ठूला दलहरुले उम्मेदवारी दर्ता गराउँदैछन्।

नेपाली कांग्रेसबाट प्रमुखमा श्रृजना सिंह, नेकपा एमालेबाट केशव स्थापित, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मदनदास श्रेष्ठले उम्मेदवारी दर्ता गराउँदै छन्।

यस्तै, उपप्रमुखमा नेकपा एकीकृत समाजवादीबाट रामेश्वर श्रेष्ठ, एमालेबाट सुनिता डंगोलले उम्मेदवारी दर्ता गराउँदैछन्।



ट्रेन्डिङ पोस्ट

Ncell