PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

काठमाडौंका ८ नगरपालिकामा को को भिड्दैछन् कांग्रेसबाट?



पहिलोपोस्ट

काठमाडौंका ८ नगरपालिकामा को को भिड्दैछन् कांग्रेसबाट?

काठमाडौं : नेपाली कांग्रेसले काठमाडौंका ८ वटा नगरपालिकामा उम्मेदवार फाइलन गरेको छ। कांग्रेस वाग्मती प्रदेश संसदीय समितिको वैशाख ११ गतेको निर्णय अनुसार टोखा नगरपालिका बाहेकमा उम्मेदवार तय गरेको हो।

कांग्रेसले कागेश्वरी मनोहरामा उपेन्द्र कार्कीलाई मेयरको उम्मेदवार बनाउने भएको छ। उप प्रमुखमा भने कांग्रेसको उम्मेदवार छैन। त्यसैगरी गोकर्णेश्वर नगरपालिकामा दीपक रिसाल मेयर र शान्ति नेपाल उप प्रमुखमा उम्मेदवार चयन भएका छन्। नेपाल यस अघि उप प्रमुख नै हुन् भने रिसाल गोकर्णेश्वर नगरपालिकाका सल्लाहकार थिए।

चन्द्रागिरि नगरपालिकामा घनश्याम गिरी मेयर छानिएका छन्। उनी यसअघि पनि मेयर थिए। उप प्रमुखमा यमुनादेवी श्रेष्ठ चयन भएकी छिन्।
तारकेश्वर नगरपालिकामा कृष्णहरि महर्जन मेयरको उम्मेदवार हुने भएका छन् भने उप प्रमुखमा श्रृजना बर्लाकोटी छानिएकी छिन्।

दक्षिणकाली नगरपालिकामा मोहन बस्नेत उम्मेदवार हुने भएका छन्। यसअघि उनले मेयरमा जित निकालेका थिए। दक्षिणकालीमा कांग्रेसले बसन्ती तामाङले उप प्रमुख छानेको छ। नागर्जुन नगरपालिकामा मोहन बहादुर बस्नेत दोहरिने भएका छन्। उनले मेयरमा जित निकालेका थिए। उप प्रमुखमा भने कल्याणी खड्का छानिएकी छिन्।

बुढानीलकण्ठमा भने विनोद चालिसे उम्मेदवार हुने भएका छन्। त्यसैगरी शंखरापुर नगरपालिकामा ओम कार्कीलाई कांग्रेसले मेयरको प्रत्यासी बनाउने भएको छ। समिता श्रेष्ठ उप प्रमुखमा भिड्ने कांग्रेसले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell