PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

कांग्रेस परित्याग गरेका मनोजकुमार साहले जनकपुरधाम उपमहानगर प्रमुखमा दिए उम्मेदवारी



पहिलोपोस्ट

कांग्रेस परित्याग गरेका मनोजकुमार साहले जनकपुरधाम उपमहानगर प्रमुखमा दिए उम्मेदवारी

काठमाडौं : जनकपुरधाम उपमहानगरपालिका प्रमुखका लागि गठबन्धनको निर्णयबाट असन्तुष्ट रहेका मनोजकुमार साहले मनोनयन दर्ता गराएका छन्।

गठबन्धनले जनकपुरधाम जनता समाजवादी पार्टीलाई दिने निर्णय गरेको थियो। त्यसप्रति असन्तुष्ट गरेका नेपाली कांग्रेसका नेता मनोजकुमार साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

मनोज साहले कांग्रेस नगर सभापति पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। मनोजका प्रस्तावकमा नन्दलाल साह र समर्थक रामप्रसाद पजियार रहेका छन्।

यस्तै, असहाय संरक्षण मञ्चका अध्यक्ष वैद्यनाथले पनि प्रमुख पदमै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell