PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

गठबन्धन ६० प्रतिशत सफल : कृष्णबहादुर महरा



पहिलोपोस्ट

गठबन्धन ६० प्रतिशत सफल : कृष्णबहादुर महरा

काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले गठबन्धन ६० प्रतिशत सफल भएको बताएका छन्। उनले बैशाख २९ गतेसम्म मिल्ने ठाउँमा सहमतिको प्रयास जारी राख्ने बताए।

‘गठबन्धनले गरेको निर्णय अनुसार सयुक्त रुपमा जाँदैछौं। घोराहीमा पनि संयुक्त रुपमा मनोनयन हुँदैछ। ६० प्रतिशत गठबन्धन सफल भएको छ,’ महराले भने, ‘कहिँ पार्टी भित्रै कहिँ पार्टी पार्टी नमिलेको होला। यो मिल्ने क्रम साँझसम्म जारी छ। १६ गते मनोनयन फिर्ता छ। २९ गते सम्म नै मिल्ने कुरा हुन्छ।’

उनले माओवादीले स्थानीय तहबाट घोषणा पत्र जारी जारी गर्ने समेत बताए।

‘स्थानीय तहबाट घोषणा पत्र जारी गर्न भनेका छौँ। स्थानीय तहलाई शक्तिशाली बनाउने भनेका छौँ। हामीले सिंहदरबार गाउँगाउँमा पुर्‍याउने भनेका छौँ। स्थानीय तहले नै आफ्नो विशेतासहितको घोषणापत्र पनि जारी हुन्छ,’ उनले भने।

उनले अहिले पनि माओवादीमा प्रवेत गर्ने लहर चलेको भन्दै असन्तुष्ट पक्षसँग छलफल हुने बताए। भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट बागी उम्मेदवार उठ्ने प्रसंगमा उनले त्यसमा कांग्रेसले पुनर्विचार गर्ने बताए।

‘भरतपुरमा कांग्रेसका पूर्व सांसदले पुनर्विचार गर्नुहुन्छ। अहिले संयुक्त रुपमा जुलुस जाँदै छ। अहिले यति भनौं’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell