PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

पोखरा महानगर प्रमुख र उपप्रमुखमा कृष्ण थापा र मञ्जु गुरुङद्वारा मनोनयन दर्ता



पहिलोपोस्ट

पोखरा महानगर प्रमुख र उपप्रमुखमा कृष्ण थापा र मञ्जु  गुरुङद्वारा मनोनयन दर्ता

पोखरा : पोखरा महानगरपालिका प्रमुख पदमा कृष्ण थापाले मनोनयन दर्ता गराएका छन्। आज निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।

यसअघि एमाले सचिवालयले दीपक पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो।

पौडेल विवादमा मुछिएपछि उनको टिकट खोसिएको हो। पोखरामा खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङको टकरावका कारण विवाद उत्पन्न भएको बताइएको छ।

यस्तै, महानगर उपप्रमुखमा मञ्जुदेवी गुरुङले पनि मनोनयन दर्ता गराएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell