PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

महानगरमा मनोनयन दर्ता गराउँदै कांग्रेस उम्मेदवार, काठमाडौंमा सिर्जना र ललितपुरमा चिरिबाबु

महानगरमा मनोनयन दर्ता गराउँदै कांग्रेस उम्मेदवार, काठमाडौंमा सिर्जना र ललितपुरमा चिरिबाबु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका टिकट पाएका उम्मेदवारहरु मनोनयन दर्ता गराउन पुगिरहेका छन्।

काठमाडौं महानगरमा सिर्जनालाई टिकट दिने निर्णय पहिलै भएको भए पनि ललितपुरमा चिरिबाबुलाई टिकट दिने निर्णय आजमात्रै भएको हो।

दुवै उम्मेदवारहरु महानगरमा तोकिएको निर्वाचन अधिकृतको कार्यालय पुगेका छन्। बाजागाजासहित र्‍याली निकालेर उनीहरुले मनोनयन दर्ता गराइरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell