विराटनगर : विराटनगर महानगरपालिकामा गठबन्धनबाट नेपाली काङ्ग्रेसका नागेश कोइरालाले मेयर पदमा उम्मेदवारी दिएका छन्। त्यस्तै, उपमेयरमा जसपाका अमरेन्द्र यादवले आफ्नो नामाङ्कन पत्र दर्ता गराए।
उम्मेदवारी लगत्तै कोइराालाले विराटनगरलाई अत्याधुनिक र सुविधा सम्पन्न शहर बनाउने बताए।
त्यस्तै, यादवले १२ वटा आँखा अस्पताल र ३ वटा ठूला अस्पताल भएको विराटनगरलाई मेडिकल हब बनाउने घोषणा गरे।