PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

काठमाडौंको मेयरमा उम्मेदवारी दिएपछि सृजना सिंहले भनिन् : प्रकाशमानलाई चिन्नुभन्दा पहिलेदेखि नै संघर्ष गरेको छु



पहिलोपोस्ट

काठमाडौंको मेयरमा उम्मेदवारी दिएपछि सृजना सिंहले भनिन् : प्रकाशमानलाई चिन्नुभन्दा पहिलेदेखि नै संघर्ष गरेको छु

काठमाडौं : काठमाडौंको मेयरमा नेपाली कांग्रेसबाट सृजना सिंहले उम्मेद्वारी दिएकी छिन्।

आज दिउँसो प्रर्दशनी मार्गस्थित सभागृहमा पुगेर उनले उम्मेद्वारी दर्ता गराएकी हुन्। सभागृहमा उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो कार्यकालमा महिलालाई केन्द्रमा राखेर काम गर्ने बताएकी छिन्। उनले काठमाडौंमा गृहणी र विदुरका लागि भत्ता समेत उपलब्ध गराउने जनाएकी छिन्।

त्यस्तै, काठमाडौंमा महानगरीय अस्पताल खोलेर वृद्ध र गरिवलाई नि:शुल्क उपचार गर्ने समेत सिंहले बताइन्। उनले आफु गणेशमान सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती भएरमात्र टिकट नपाएको बताएका छिन्।

'प्रकाशमान सिंहलाई चिन्नुभन्दा पहिले पनि आफ्नै योगदान छ। विवाह गरेपछि राजनीति छाडेको थिइन। पद भने लिएको थिइन,' उम्मेद्वार सिंहले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell