PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

मुकुन्दको थियो मेयरमा आकांक्षा, वडा अध्यक्षमै गराए मनोनयन दर्ता



पहिलोपोस्ट

मुकुन्दको थियो मेयरमा आकांक्षा, वडा अध्यक्षमै गराए मनोनयन दर्ता

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट मुकुन्द रिजालले मनोनयन दर्ता गराएका छन्।

राष्ट्रिय सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।

महानगरकै ठूलो र जनघनत्व धेरै भएको वडामा भएको २०७४ सालको निर्वाचनमा पनि रिजाल नै वडा अध्यक्षमा विजय भएका थिए। आज मनोनयन पत्र दर्ता गरेपछि उनले आफू चक्लेटी उम्मदेवार नभएको बताए।

‘म चक्लेटी उम्मेदवार होइन। अहिले पनि म त्यही वडामा लड्छु। मेरो कामको बारेमा जनतालाई थाहा छ’ उनले भने।

क्षेत्रिय सभापति समेत रहेका रिजालले यसपटक महानगर प्रमुखमा आकांक्षा देखाएका थिए। तर उनको नामबारे महानगर कार्यसमितिमा छलफल नै भएन।

रिजाल प्रकाशमान सिंह निकटका छन्। काठमाडौं महानगर प्रमुखमा सिंहकी श्रीमती सिर्जना सिंहले मनोनयन दर्ता गराएकी छिन्।    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell