PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

कांग्रेसबाट ऋषि सापकोटाले दिए पोखरा महानगर प्रमुखमा बागी उम्मेदवारी



पहिलोपोस्ट

कांग्रेसबाट ऋषि सापकोटाले दिए पोखरा महानगर प्रमुखमा बागी उम्मेदवारी

पोखरा : पोखरा महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसबाट ऋषि सापकोटाले बागी उम्मेदवारी दर्ता गरेका छन्।

गठबन्धनले पोखरा महानगरपालिकाको प्रमुख पद नेकपा एकीकृत समाजवादीलाई दिएपछि स्थानीय कांग्रेस नेताहरु असन्तुष्ट थिए। कांग्रेस पोखरा महानगर समितिको पूर्व कोषध्यक्ष समेत रहेका सापकोटाले कांग्रेस भएर अन्य दलको चुनाव चिह्न मत हाल्न नसक्ने बताउँदै बागी उम्मेदवारी दिएको बताए।

उनी कांग्रेसबाट महानगर प्रमुख पदका लागि आकांक्षी थिए।

आइतवार कांग्रेसबाट नै विमल बहादुर कार्कीले पनि बागी उम्मेदवारी दर्ता गराका थिए। कार्की र ऋषिको  बागी उम्मेदवारीले निर्वाचनमा केही प्रभाव पर्ने नेताहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell