PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

भरतपुरमा सत्तारुढ गठबन्धनबाट मेयरमा रेणु दाहाल र उपमेयरमा चित्रसेन अधिकारीको उम्मेदवारी



पहिलोपोस्ट

भरतपुरमा सत्तारुढ गठबन्धनबाट मेयरमा रेणु दाहाल र उपमेयरमा चित्रसेन अधिकारीको उम्मेदवारी

काठमाडौं : भरतपुर महानगरमा सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले मेयरमा मनोनयन दर्ता गराएकी छन्। सोमवार माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताहरुसँगै निर्वाचन कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएकी हुन्। गठबन्धनका तर्फबाट उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। 

मेयरको प्रस्तावक कृष्णप्रसाद बगाले र समर्थक कृष्णराज न्यौपाने `लब्ली´ र उपमेयरको प्रस्तावक गोपिलाल देवकोटा समर्थक कृष्णराज न्यौपाने `लब्ली´ रहेका रहेका छन्।  मनोनयन दर्ता गर्न नेपाली कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले, माओवादी केन्द्रका नेता मधु न्यौपानेसहित गठबन्धनका उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell