
बुटवल : आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले)बाट बुटवल उपमहानगरको मेयरमा बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्। भट्टराईले सोमवार नेता कार्यकर्तासहित बुटवल उपमहानगरको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।
बुटवल उपमहानगरको उपमेयरमा एमालेबाट सावित्रा अर्यालले उम्मेदवारी दर्ता गरेकी छन्। उम्मेदवारी दर्ताका लागि पार्टी उपाध्यक्ष विष्णु पौडेलसहितका एमाले नेता कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।
उपाध्यक्ष पौडेलसँगै लुम्बिनीका अध्यक्ष लिला गिरी, हाल बुटवलका मेयर तथा एमाले केन्द्रीय सदस्य शिवराज सुवेदी, उपमेयर तथा केन्द्रीय सदस्य गोमा आचार्य, युवा नेता गोपाल रानासहितको टोली आयोगको कार्यालयमा पुगेको थियो।
बुटवलमा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवारले जितेका थिए।