PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

पोखरा महानगर प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारहरुले गराए मनोनयन दर्ता



पहिलोपोस्ट

पोखरा महानगर प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारहरुले गराए मनोनयन दर्ता

काठमाडौं : पोखरा महानगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्यले उम्मेदवारी दर्ता गराएका छन्। आज निर्वाचन कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन्।

यस्तै, पोखरा महानगरको उपप्रमुखमा नेपाली कांग्रेसबाट कोपिला रानाभाटले पनि मनोनयन दर्ता गराएकी छिन्।

गठबन्धनको सहमति अनुसार पोखरा महानगर प्रमुख एकीकृत समाजवादी र उपप्रमखु कांग्रेसले पाएको थियो। तर, कांग्रेसकै असन्तुष्ट पक्षले भने प्रमुखमा बागी उम्मेदवारी दिएका छन्।  

यसअघि कांग्रेसबाट सुरेन्द्रमान बिजुक्छेँलाई पोखराको उपप्रमुखमा उम्मेदवार बनाउने निर्णय भएको थियो  तर, सो निर्णय उल्टाएर कोपिला रानाभाटलाई टिकट दिइएको हो। उनी नेपाली कांग्रेस गण्डकी प्रदेशकी सहमहामन्त्री पनि हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell