PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

राप्रपाका उम्मेदवारले विराटनगर महानगर प्रमुख र उपप्रमुखका लागि दिए मनोनयन



पहिलोपोस्ट

राप्रपाका उम्मेदवारले विराटनगर महानगर प्रमुख र उपप्रमुखका लागि दिए मनोनयन

विराटनगर : विराटनगर महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रमुख पदमा मनोनय पत्र दर्ता गराएका छन्।

राप्रपाका महामन्त्री समेत रहेका शाह यसअघि २०६१ सालमा शाही कालमा भएको निर्वाचनमा विराटनगरका प्रमुख चुनिएका थिए।

उम्मेदवारी दर्ता गरेपछि शाहले आफूले पहिले पनि नगर चलाइसकेको उल्लेख गर्दै जनप्रतिनिधि भ्रष्टाचारबाट मुक्त हुन सके विकासको मूल फुट्ने बताए।

त्यस्तै, राप्रपाबाट उपप्रमुखमा विन्दा लुइँटेल आचार्यले मनोनयन दाखिला गरेकी छिन्। आचार्यले विराटनगरलाई शान्त, समृद्ध र सभ्य शहर बनाउन आफ्नो योगदान रहने बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell