PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

वीरगंजको मेयरमा एमालेबाट सरावगी र उपमेयरमा लोसपाबाट झाले दिए उम्मेदवारी



पहिलोपोस्ट

वीरगंजको मेयरमा एमालेबाट सरावगी र उपमेयरमा लोसपाबाट झाले दिए उम्मेदवारी

वीरगंज : आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले)बाट वीरगंज महानगरपालिकाको मेयरमा विजय कुमार सरावगीले उम्मेदवारी दर्ता गराएका छन्। सरावगीले सोमवार नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।

उम्मेदवारी दर्ता गरेपछि सरावगीले बाँकी रहेका कामहरु पूरा गर्न आफूले उम्मेदवारी दर्ता गरेको बताए।

वीरगंज महानगरको उपमेयरमा लोकतान्त्रिक समाजवादी पार्टीबाट पुरुषोत्तम झाले उम्मेदवारी दर्ता गरेका छन्। वीरगंजमा एमाले र लोसपाले तालमेल गरेका हुन्। वीरगंज वडा नम्बर ३ मा राप्रपा नेपालसँग पनि तालमेल भएको बताइएको छ।

उम्मेदवारी दर्ताका लागि नेता कार्यकर्ताहरु बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell