
हेटौँडा : हेटौँडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा मीना कुमारी लामा र उपमेयरमा राजेश बानियाँले उम्मेदवारी दर्ता गराएका छन्।
सोमवार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लामा र बानियाँले उम्मेदवारी दर्ता गराएका हुन्।
मेयरका उम्मेदवार लामा नेकपा (एकीकृत समाजवादी) र बानियाँ नेपाली कांग्रेसबाट उपमेयर पदमा उम्मेदवार बनेका हुन्।