
काठमाडौं : सत्तारुढ गठबन्धनले कर्णाली प्रदेशका १० जिल्ला मध्ये ८ जिल्लाका ६४ तहमा भागबन्डा टुंग्याएको छ। प्रदेशमा सुर्खेत र रुकुम पश्चिममा भागबन्डा टुंग्याउन सकिएको छैन।
८ जिल्लामा नेकपा माओवादी केन्द्रले २५, नेपाली कांग्रेसले २४, नेकपा एकीकृत समाजवादीले १४ तहमा प्रमुख पाएका छन्। त्यस्तै कांग्रेसले २४ तहमा उपप्रमुख, २५ तहमा माओवादी १४ तहमा एकीकृत समाजवादीले भाग पाएको छ।
हुम्ला जिल्लाका पाँच स्थानीय तहमा नेकपा माओवादी केन्द्र र तीन तह कांग्रेसले प्रमुख पाएको छ। त्यस्तै दुई/दुई तहमा कांग्रेस र माओवादी केन्द्रले उपप्रमुख पाउँदा तीन तहमा एकीकृत समाजवादीले उपप्रमुख पाएको छ।
माओवादीले नम्खा सिमिकोट चन्खेली र ताँजाकोटमा प्रमुख पाएको छ। त्यस्तै कांग्रेसले खार्पूनाथ, सर्केघाट र अदानचुलीमा प्रमुख पाएको छ। त्यस्तै कांग्रेसले नाम्खा र सिमकोटमा उपप्रमुख पाउँदा माओवादी केन्द्रले खार्पूनाथ र सर्केघाटमा उपप्रमुख पाएको छ। त्यस्तै एकीकृत समाजवादीले चन्खेली, अदानचुली र ताँजाकोटमा उपप्रमुख पाएको छ।
जुम्लामा चार तहमा कांग्रेस, तीन तहमा माओवादी केन्द्र र एक तहमा एकीकृत समाजवादीबिच भागबन्डा मिलेको छ। जिल्लाको चन्दनाथ, कनकासुन्दरी, सिँजा र पातारासीमा कांग्रेसले प्रमुख पाएको छ। त्यस्तै माओवादी केन्द्रले तिला, गुठीचौर र तातोपानी प्रमुख पाएको छ भने हिमामा एकीकृत समाजवादीले प्रमुख पाएको छ। चन्दनाथ, कनकासुन्दरी, सिँजा, पातारासी र हिमामा उपप्रमुख माओवादी केन्द्रको भागमा परेको छ। त्यस्तै तिला, तातोपानीमा कांग्रेस र गुठीचौरमा एकीकृत समाजवादीले उपप्रमुख पाएको छ।
त्यस्तै मुगु जिल्लामा छायाँनाथ रारा, मुगम कर्मारोंगमा कांग्रेसले प्रमुख पाउँदा सोरुँमा एकीकृत समाजवादी र खत्याडमा माओवादी केन्द्रले प्रमुख पाएको छ। छायाँनाथमा माओवादी केन्द्र र मुगुम कार्मारोंगमा एकीकृत समाजवादीले उपप्रमुख पाउँदा माओवादी केन्द्र एकीकृत समाजवादीले प्रमुख पाएका दुई तहमा कांग्रेसले उपप्रमुख पाएको छ।
कालिकोट जिल्लाका पाँच तहमा माओवादी केन्द्रले प्रमुख र चार तहमा उपप्रमुख पाएको छ। त्यस्तै कांग्रेसले दुई तहमा प्रमुख र तीन तहमा उपप्रमुख पाएको छ। एकीकृत समाजवादीले दुई तहमा प्रमुख र दुई तहमा उपप्रमुख पाएको छ।
माओवादी केन्द्रले पचल झरना, सान्त्री त्रिवेणी, पलता, तिलागुफा र रास्कोटमा प्रमुख पाउँदा खाडाचक्र, नरहरीनाथ, महावै, शुभकालिकामा उपप्रमुख पाएको छ। नेपाली कांग्रेसले खाँडाचक्र, महावैमा प्रमुख तथा पंचल झरना, पलता र तिलगुफामा उपप्रमुख पाएको छ। कालिकोटमा एकीकृत समाजवादीको भागमा नरहरीनाथ र शुभकालिकामा प्रमुख र सान्त्री त्रिवेणी र रास्कोटमा उपप्रमुख पाएको छ।
त्यस्तै डोल्पा जिल्लामा डोल्पो बुद्ध, जगदुल्ला र मुड्केचुलामा माओवादी केन्द्रको भागमा प्रमुख र शे फोक्सुण्डो र ठूलीभेरीमा उपप्रमुख पाएको छ। त्यहाँ कांग्रेसको भागमा त्रिपुरा सुन्दरीमा प्रमुख र डोल्पो बुद्ध, काइके र छर्का ताङसोङमा उपप्रमुख पाएको छ। यहाँ एकीकृत समाजवादीले शे फोक्सुण्डो, काइके र छर्का ताङसोङमा प्रमुख तथा त्रिपुरा सुन्दरी, जगदुल्ला र मुड्केचुलामा उपप्रमुख पाएको छ।
सल्यान जिल्लामा शारदा, त्रिवेणी, छत्रेश्वरी र कालिमाटीमा कांग्रेसले प्रमुख तथा बागचौर, बनगाढ कुपिण्डे र दार्मामा उपप्रमुख पाएको छ। त्यस्तै माओवादी केन्द्रको भागमा बागचौर, बनगाढ कुपिण्डे, कुमाख र दार्मामा प्रमुख र त्रिवेणी, कपुरकोट र सिद्धकुमाख, कुमाख र कालिमाटीमा उपप्रमुख पाएको छ।
एकीकृत समाजवादीले कपुरकोट र सिद्धकुमाखमा प्रमुख र शारदा, र छबेश्वरीमा उपप्रमुख पाएको छ। जाजरकोट जिल्लामा कांग्रेसको भागमा तीन तहामा प्रमुख र चार तहमा उपप्रमुख पाएको छ। त्यस्तै एकीकृत समाजवादीले एक तहमा प्रमुख पाएको छ। माओवादी केन्द्रको भागमा कालिकोटका तीन तहमा प्रमुख र तीन तहमा उपप्रमुख पाएको छ।
त्यहाँ भेरी नगरपालिकामा एकीकृत समाजवादीले प्रमुख पाएको छ। त्यस्तै छडागाड, कुशे र बारेकोटमा कांग्रेसको भागमा प्रमुख र भेरी, नलगाड, जुनीवादे, र शिवालयमा उपप्रमुख पाएको छ। माओवादी केन्द्रले नलगाड, जुनिवादे र शिवालयमा प्रमुख र छेडगाड, कुशे र बारेकोटमा उपप्रमुख पाएको छ।
त्यस्तै दैलेख जिल्लामा ६ तहमा कांग्रेसले प्रमुख र पाँच तहमा उपप्रमुख पाएको छ। त्यहाँ माओवादी केन्द्रको भागमा दुई तहमा प्रमुख र चार तहमा उपप्रमुख परेको छ। एकीकृत समाजवादीले तीन तहमा प्रमुख र दुई तहमै उपप्रमुख पाएको छ।
त्यहाँ नारायण, दुल्लु, आठविस,गुँरास, नौमुले,र डुंगेश्वरमा कांग्रेसले प्रमुख र चामुडा विन्दासैनी, भैरवी, भगवतीमाइ, ठाँटीकाँध र महावुमा उपप्रमुख पाएको छ। एकीकृत समाजवादीको भागमा चामुण्डा विन्दासैनी, भैरवी र महाबुमा प्रमुख र नारायण र डुंगेश्वरमा उपप्रमुख परेको छ। माओवादी केन्द्रको भागमा भगवतीमाई र ठाँटिकाँधमा प्रमुख र दुल्लु, आठबिस, गुँरास र नौमूलेमा उपप्रमुख पाएको छ।
सहमति अनुसार बाँकी जिल्लामा पनि उम्मेदवारी फिर्ता लिने समयसम्म सहमतिको प्रयास गर्ने निर्णयसमेत गठबन्धनको प्रदेश स्तरीय सयन्त्रले निर्णय गरेको छ। साथै पाँच दलीय गठबन्धनका साझा उम्मेदवार विरुद्ध जाने कुनै पनि उम्मेदवारलाई आ-आफ्नो पार्टीले अनुशासनको कारवाही गर्ने निर्णयसमेत संयन्त्रले गरेको छ।
त्यस्तै संयन्त्रले जसपा र राष्ट्रिय जनमोर्चाले मागेका वडाहरुलाई सम्बन्धित जिल्लाका पालिकाहरुको मतभारको अवस्था हेरी सम्बोधन गर्ने निर्णयसमेत गरेको छ। त्यस्तै वडाको भागबन्डा आफूले जितेका वडालाई आफूसँग राख्दै बाँकी वडामा मतभारका आधारमा न्याोचित रुपमा बाँडफाँट गर्ने निर्णयसमेत गठबन्धनले गरेको छ।
संयन्त्रको बैठकमा कांग्रेसका प्रदेश सभापति ललितजंग शाही, माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसी, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष ठम्मरबहादुर थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष पूर्णबहादुर शाही र जनता समाजवादीका अध्यक्ष देविकृष्ण न्यौपाने सहभागी भएका थिए।
यता प्रदेशले गरेको भागबन्डाबाट असन्तुष्ट हुँदै माओवादी केन्द्र र एकीकृत समाजवादीले छुट्टै सहमति गरेका छन्। जसमध्ये माओवादी केन्द्रले ६ तह र ४ तहमा एकीकृत समाजवादीले भागबन्डा गरेका छन्। त्यस्तै तीन तहमा एकीकृत समाजवादीले उपप्रमुख र माओवादी केन्द्रले ७ तहमा उपप्रमुख लिने गरी गठबन्धन गरेका छन्।
जसमध्ये कालिमाटी, शारदा, बागचौर, दार्मा, कुमाख, बनगाड कुपिन्डेमा प्रमुख र त्रिवेणी, कपुरकोट, छत्रकोट, सिद्धकुमाख, बणचौर, दार्मा, बनगाड कुपिन्डेमा उपप्रमुख पाएको छ। त्यस्तै कीकृत समाजवादीको भागमा त्रिवेणी, कपुरकोट, छत्रेश्वरी, सिद्धकुमाखमा प्रमुख र कालिमाटी, शारदा र कुमाखमा उपप्रमुख लिने सहमति गरेको छ।