PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

मेयरको टिकट नपाएपछि एमाले छाडेर जानकीराम साहले गरे स्वतन्त्र उम्मेदवारी दर्ता



पहिलोपोस्ट

मेयरको टिकट नपाएपछि एमाले छाडेर जानकीराम साहले गरे स्वतन्त्र उम्मेदवारी दर्ता

जनकपुरधाम : ५ दिनअघि मात्रै नेकपा (एमाले)मा प्रवेश गरेका जानकीराम साहले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा टिकट नपाएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।

मनोनयन दर्ताको पूर्वसन्ध्यामा एमालेले जनकपुरधाम उपमहानगरको प्रमुखमा शिवशंकर साह (हीरा) लाई उम्मेदवार बनाउने निर्णय गरेपछि असन्तुष्ट बनेका साहले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

जानकीरामसँगै उनको प्यानलबाट उपमेयरमा सरोज कुमार मिश्रले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

तत्कालीन राजपाबाट जनकपुरधाम उपमहानगर-७ को वडाध्यक्षमा निर्वाचित साहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गर्दै मेयरको टिकट पाउने आशामा ५ दिनअघि मात्रै एमालेमा प्रवेश गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell