
काठमाडौं : सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले नै पदबाट राजीनामा दिएर पुन: उम्मेदवारी दर्ता गरेका छन्।
नेकपा (एमाले)ले उनीहरुलाई पुन: गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दोहोर्याउन टिकट दिएको हो।
एमालेका तर्फबाट बुद्धिकिरण राई अध्यक्ष र जुनिता माया मगरले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको निर्वाचन अधिकृत मीना गुरुङले जानकारी दिइन्। उनीहरु दुवैले अध्यक्ष र उपाध्यक्ष पदबाट राजीनामा दिएर पुन: सोही पदमा उम्मेदवारी दर्ता गराएका हुन्।