PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

स्थानीय तह निर्वाचन : ५ बजेसम्म देशभर कुल ४७ हजार ६१७ उम्मेदवारी दर्ता



पहिलोपोस्ट

स्थानीय तह निर्वाचन : ५ बजेसम्म देशभर कुल ४७ हजार ६१७ उम्मेदवारी दर्ता

काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज जारी छ। आज बिहान १० देखि अपराह्न ५ बजेसम्मको लागि मनोनयन दर्ताको समय तोकिएको भएपनि लाइनमा भएका उम्मेदवारहरुको रातिसम्म पनि उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले बताएको छ।

७५३ स्थानीय तहमध्ये केहीमा मनोनयन दर्ताको काम सकिएको तर केहीमा भने जारी रहेको बताइएको छ।

आयोगको सूचना प्रणालीमा आज अपराह्न ५ बजेसम्म कुल ४७ हजार ६१७ उम्मेदवारी दर्ता भएको छ। सम्बन्धित निर्वाचन कार्यालयमा दर्ता भएका मनोनयनलाई प्राविधिकले इन्ट्री गर्ने र मुख्य निर्वाचन अधिकृतले प्रमाणीकरण गर्ने कार्य जारी रहेको आयोगले जनाएको छ।

प्रणालीमा सङ्कलित विवरणअनुसार पालिकाका प्रमुख र अध्यक्ष पदमा कुल ३ हजार २२९, उपप्रमुख र उपाध्यक्षमा १ हजार ९९७, वडा अध्यक्षमा १२ हजार १५१ को उम्मेदवारी दर्ताको विवरण सङ्कलन भएको आयोगले जनाएको छ।

वडा सदस्यमा १६ हजार ४, महिला सदस्यमा ७ हजार ५९९, दलित महिला सदस्यमा ६ हजार ६३७ गरी कूल वडासदस्यमा ३० हजार २४० मनोनय दर्ता भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell