1.png)
कैलाली : सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा सत्ता गठबन्धनका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।
नेपाली कांग्रेसबाट धनगढी उपमहानगरपालिकाको प्रमुखमा नृपबहादुर वड र उपप्रमुखमा माओवादी केन्द्रकी शान्ति अधिकारीले मनोनयन दर्ता गराएका हुन्।
धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले मनोनयन दर्ता गरेका हुन्।
वड नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनगढीका निवर्तमान मेयर हुन्। अधिकारी २०७४ सालको निर्वाचनमा माओवादीबाट उपप्रमुख पदमा पराजित भएकी थिइन्।