वीरगंज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेतृ रम्भा मिश्रले वीरगंज महानगरपालिकाको उपप्रमुखमा बागी उम्मेदवारी दिएकी छन्।
नेकपा एमाले र लोसपाको गठबन्धन हुँदा महिला नेतृहरुलाई पाखा लगाएर पुरुष उम्मेदवारलाई टिकट दिइएको भन्दै महिला नेतृहरु आन्दोलित भएका थिए।
सम्पूर्ण महिलाहरुको प्रतिनिधित्व गर्ने अभिप्रायले आफूले वीरगंजको उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको मिश्रले बताइन्।