PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

८० प्रतिशत मतपत्र छाप्ने काम सकियो : निर्वाचन आयोग



पहिलोपोस्ट

८० प्रतिशत मतपत्र छाप्ने काम सकियो : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म ८० प्रतिशत मतपत्र छपाइ कार्य सम्पन्न भएको जनाएको छ। हालसम्म ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ कार्य सकिएको आयोगले जनाएको हो। बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी रहेको छ।

निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ। काठमाडौँ महानगरपलिका सहित ६ वटा महानगरपालिका र र भक्तपुरका चार नगरपालिकाका लागि आवश्यक पर्ने मतपत्र मनोनयन दर्ता कार्य सकिएपछि छपाई गरिनेछ।

उम्मेदवारले निर्वाचन प्रचार गर्ने अवधिभन्दा १५ दिनअघि मतपत्र पुगिसक्नुपर्ने व्यवस्था, मुद्रण क्षमता र मुलुकको दूरदराजका पालिकामा सुरक्षितरुपमा ढुवाली गर्नुपर्ने भएकाले मनोनयन दर्ता सकिएपछि मतपत्र छपाइ गर्न सम्भव नहुने भएकाले आयोगले मनोनयन दर्ता अघि नै मतपत्र छपाइ कार्य गरेको हो।

विभिन्न राजनीतिक दलका तर्फबाट आफूहरू गठबन्धनमा उम्मेदवारी दिने भएकाले उम्मेदवारी दिइएपछि उम्मेदवारीको सङ्ख्या र निर्वाचन चिह्नका आधारमा मतपत्र छाप्न गरिएको आग्रहमा आयोगले असमर्थता जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell