कैलाली : सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरको प्रमुखमा १० जना र उपप्रमुखमा ७ जनाको उम्मेदवारी दर्ता भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सत्तारुढ गठबन्धन, नेकपा एमालेसहितका अन्य दल र स्वतन्त्रबाट गरि प्रमुख–उपप्रमुखमा कुल १७ जनाको उम्मेदवारी दर्ता भएको छ।
धनगढी उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर वड र उप प्रमुखमा नेकपा माओवादी केन्द्रका शान्तिकुमारी अधिकारीको उम्मेदवारी परेको छ।
एमालेका तर्फबाट प्रमुखमा रणबहादुर चन्द र उपप्रमुखमा कन्दकला राना थारुको उम्मेदवारी परेको छ।
धनगढीमा गठबन्धनका दल र नेकपा एमालेलाई टक्कर दिन व्यवसायी गोपाल हमालले प्यानलसहित प्रमुखमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन्।
धनगढीमा गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवार हमालबिच कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ।