PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

हेटौँडामा कांग्रेसमा ‘बागी’ उम्मेदवारको लर्को



निशा गुरुङ

हेटौँडामा कांग्रेसमा ‘बागी’ उम्मेदवारको लर्को

हेटौँडाः टिकट नपाएपछि हेटौँडामा कांग्रेसका युवा ‘बागी उम्मेद्वार’ बनेका छन्। हेटौँडा उपमहानगरपालिका २ मा कांग्रेसका युवा नेता सुदीप राजबाहकले वडाध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन्। स्वतन्त्र रुपमा उनले उम्मेदवारी दर्ता गराएका हुन्।

राजबाहक यसअघि कांग्रेसबाट एकमात्र वडा सदस्य निर्वाचित जनप्रतिनिधि हुन्।

हेटौंडा २ मा टिकटको विषयलाई लिएर पनि विवाद बढेको छ। विवाद बढेसँगै कांग्रेसका ३ नेताले उम्मेदवारी दर्ता गराएका छन्।

कांग्रेसले विष्णुगोपाल महर्जन र रवीन्द्र घिमिरेलाई टिकट दिएपछि विवाद बढेको थियो।

कांग्रेस वाग्मती प्रदेश महामन्त्री कञ्चनचन्द्र वादेको हस्ताक्षर भएको टिकट रवीन्द्र घिमिरे र विष्णुगोपाल महर्जनले पाएपछि विवाद बढेको हो।

विष्णुगोपालले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराइसकेपछि रवीन्द्रले उम्मेदवारी दिन पाएनन् र उनले बागी उम्मेद्धारी दिएका छन्।

कांग्रेस नेता निरञ्जन दाहालले हेटौँडा १६ मा अध्यक्षमा बागी उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसबाट वडाध्यक्षको टिकट नपाएपछि दाहालले बागी उम्मेदवारी दर्ता गराएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell