PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

हेटौँडा उपमहानगरको मेयरमा १७ जनाको उम्मेदवारी



पहिलोपोस्ट

हेटौँडा उपमहानगरको मेयरमा १७ जनाको उम्मेदवारी

हेटौँडाः उपमहानगरपालिकाको मेयरका लागि १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। विभिन्न राजनीतिक दलबाट १२ जना र स्वतन्त्र ५ जना गरी १७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ।

आइतबार र सोमबार उम्मेदवारी दर्ता भएको हो।

हेटौँडाको मेयरमा नेकपा (एमाले) बाट अनन्त पौडेल, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत (समाजवादी) बाट मीनाकुमारी लामा, नेपालका लागि नेपाली पार्टी मुकुन्द प्रसाद आचार्य, नेपाल कम्युनिस्ट पार्टी (माले) का केशव घर्ती, जनता समाजवादी पार्टी नेपालबाट दिपा लामा, राप्रपाबाट दिपकबहादुर सिंहले मेयरमा उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन अधिकृतको कार्यालय अनुसार मेयरमा नेपाल मजदुर किसान पार्टीका रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टी अयोध्याकुमार भट्टाराई, सचेत नेपाली पार्टी रामप्रसाद गौतम, नेपाल कम्युनिस्ट पार्टी समाजवादीका रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौलाको उम्मेदवारी परेको छ।

स्वतन्त्रबाट कविराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तमकुमार दुलाल, लीलाकुमारी आचार्य र देवराज पौडेलले उम्मेदवारी दर्ता गराएको कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell