PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

डोल्पाबाट एमाले र समाजवादीले खोले खाताः एक-एक पालिका अध्यक्षमा निर्विरोध निर्वाचित



पहिलोपोस्ट

डोल्पाबाट एमाले र समाजवादीले खोले खाताः एक-एक पालिका अध्यक्षमा निर्विरोध निर्वाचित

सुर्खेतः स्थानीय तहको निर्वाचनका लागि डोल्पाको दुई वटा गाउँपालिकाको अध्यक्ष पदमा एकल उम्मेदवारी दर्ता भएको छ। जिल्लाको काइके गाउँपालिकाको अध्यक्षमा नेकपा (एकीकृत समाजवादी) का अंगतकुमार राना र शेफोसुण्डो गाउँपालिकामा नेकपा (एमाले) का तर्फबाट धावा सम्डुक गुरुङको एकल उम्मेदवारी परेको हो।

जिल्ला निर्वाचन कार्यालयका अनुसार काइके गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी निमा बुढाको उम्मेदवारी परेको छ। सोही पालिकामा वडाध्यक्षको पदमा समेत एकल उम्मेदवारी परेको छ। ३७जना सदस्य जनप्रतिनिधि हुनुपर्नेमा ३५ जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन कार्यालयलले जानकारी दिएको छ। कार्यालयका अनुसार दुई सदस्य पदमा उम्मेदवारी दर्ता भएको छैन।

त्यस्तै, शेफोक्सुण्डो गाउँपालिकाको १, ३, ५, ६, ७ र ९ मा समेत वडाध्यक्षमा एकल उम्मेदवारी परेको हो। उनीहरुको एकल उम्मेदवारी परेसँगै निर्वाचित भएको सरह भए पनि औपचारिक घोषणा भने बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell