PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

जितपुर सिमरामा माओवादीका राजन र मेघासँग एमालेकी सरस्वती र भोलाको प्रतिस्पर्धा



पहिलोपोस्ट

जितपुर सिमरामा माओवादीका राजन र मेघासँग एमालेकी सरस्वती र भोलाको प्रतिस्पर्धा

वीरगंजः बाराको जितपुर सिमरा उपमहानगरपालिकामा ५ दलीय गठबन्धन र नेकपा (एमाले) बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। वीरगंज-पथलैया औद्योगिक कोरिडोर तथा बाराको थरुवान र जंगल क्षेत्र पर्ने जितपुर सिमरा उपमहानगरपालिकाको नगर प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का राजन पौडेल र उपप्रमुखमा कांग्रेसकी मेघा शाहीले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेल र शाहीले उम्मेदवारी दर्ता गराएका थिए।

अघिल्लो स्थानीय तहमा माओवादीले धेरै वडा जितेको थियो। त्यसैले प्रमुखमा माओवादीले गठबन्धनको तर्फबाट टिकट पाएको हो। त्यसैको अधारमा केन्द्रीय गठबन्धनले गरेको निर्णय अनुसार माओवादी केन्द्रले प्रमुख र नेपाली कांग्रेसले उपप्रमुखमा उम्मेदवारी दिएका हुन्।

एमालेबाट नगर प्रमुखमा निवर्तमान उपमेयर सरस्वती चौधरी र उपप्रमुखमा भोला अधिकारी उम्मेदवारी दर्ता गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell