काठमाडौँः नेपाल मजदूर किसान पार्टीले भक्तपुर नगरपालिका प्रमुखको उम्मेदवारमा पुनः सनिल प्रजापतिलाई दोहो¥याएको छ। प्रजापतिले मेयरमा पुनः उम्मेदवारी दिएका हुन्। यस्तै, उपमेयरमा पनि रजनी जोशीलाई नै उम्मेदवार बनाइएको छ।
यसअघि ०७४ को स्थानीय तह निर्वाचनमा नेमकिपाले मेयर उपमेयरसहित दश वटै वडामा जित हासिल गरेको थियो।
यस्तै वडा नम्बर १ मा श्यामकृष्ण खत्री, २ मा हरिप्रसाद बासुकला, ३ मा राजकृष्ण गोरा, ४ मा उपेन्द्र सुवाल, ५ मा योगेन्द्रमान बिजुक्छे, ६ मा हरिराम सुवाल, ७ मा उकेश कवां, ८ मा कृष्णप्रसाद कोजु, ९ मा रवीन्द ज्याख्व र १० मा लक्ष्मीप्रसाद ह्योमिखालाई नेमकिपाले उम्मेदवार बनाएको छ।