PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

धवनको अर्धशतकको सहायतामा चेन्नइमाथि पञ्जाबको जित



पहिलोपोस्ट

धवनको अर्धशतकको सहायतामा चेन्नइमाथि पञ्जाबको जित
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सले चेन्नइ सुपर किंग्समाथि जित निकालेको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले चेन्नइमाथि ११ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८७ रन बनाएको थियो। पञ्जाबका लागि शिखर धवनले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ८८ रन बनाउँदा भानुका राजापाक्षेले ४२ रन बनाए। त्यस्तै लिआम लिभिङस्टोनले १९ तथा कप्तान मयंक अग्रवालले १८ रन बनाए। बलिङतर्फ चेन्नइका ड्वेन ब्राभोले २ विकेट लिँदा महीश ठीकसेनाले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको चेन्नइ ६ विकेट गुमाउँदै १७६ रनमा समेटियो। चेन्नइका अम्बाती रायडूले सर्वाधिक ७८ रन बनाउँदा रुतुराज गाइक्डले ३० रन बनाए। रबीन्द्र जडेजाले अविजित २१ र एमएस धोनीले १२ रन बनाए। बलिङतर्फ पञ्जाबका कागिसो रबाडा र ऋषि धवनले समान २ विकेट लिँदा सन्दीप शर्मा र अश्रदीप सिंहले समान १ विकेट लिए।

जितसँगै ८ खेलबाट ८ अंक जोडेको पञ्जाब तालिकाको छैटौं स्थानमा छ भने समान खेलबाट २ जितमात्र निकालेको चेन्नइ तालिकाको नवौं स्थानमा छ। आज हुने खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर भिड्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell