PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

पश्चिमा राष्ट्रले युक्रेनमा हतियार पठाएपछि रसियाली विदेशमन्त्रीले दिए तेस्रो विश्व युद्धको चेतावनी



पहिलोपोस्ट

पश्चिमा राष्ट्रले युक्रेनमा हतियार पठाएपछि रसियाली विदेशमन्त्रीले दिए तेस्रो विश्व युद्धको चेतावनी
Photon : AP

रसियाका विदेशमन्त्री सर्जी लाभरोभले तेस्रो विश्व युद्धको चेतावनी दिएका छन्।

युक्रेन र रसियाबिच युद्ध चलिरहँदा अहिले डोनबास र लुहान्सक क्षेत्रमा दुवै पक्षबिच भिडन्त भइरहेको छ। लाभरोभले डोनबास क्षेत्रमा पश्चिमा राष्ट्रले हतियार पठाइरहेको आरोप लगाएका छन्। युक्रेनमा ती राष्ट्रहरुले हतियार पठाइरहे त्यसबाट उत्पन्न हुने परिस्थितिको सामाना गर्न उनीहरु तयार हुनुपर्ने बताएका हुन्।

युक्रेनले युद्ध लड्न अमेरिकासहित युरोपियन राष्ट्रहरुमा हतियार लिइरहेको छ। युक्रेनलाई थप हतियार पठाउनेमा पश्चिमा राष्ट्रहरु लागिरहेका छन्।

उनले तेस्रो विश्व युद्धको खतरा भए पनि युक्रेनसँग भने वार्ता भइरहेन बताएका छन्।

‘खतरा गम्भीर छ। यो वास्तविकता हो। तपाईँहरुले अहिलेको अवस्थालाई कम आंकलन नगर्नुस,’ उनले भनेका छन्।

रसिया र युक्रेनबिचको युद्ध सुरु भएको आज ६१ दिन पुगिसकेको छ। यसबिच ५१ लाखभन्दा बढी मानिस युक्रेनबाट पलायन भइसकेका छन् भने दुवैतर्फबाट हजारौं संख्यामा मानिस मारिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell