PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भक्तपुरमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु



पहिलोपोस्ट

भक्तपुरमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

काठमाडौँः भक्तपुरमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

मध्यराति मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४ चारदोबाटो चोकमा नयाथिमीबाट कोरियन अस्पताल तर्फ जाँदै गरेको बा ४ ख  ८५८१ नम्बर को टिपर र गठ्ठाघरबाट नयाँथिमी तर्फ आउँदै गरेको बा. प्र.०२-०२३ प ७७६९ नम्बरको स्कुटर एक आपसमा ठोकिन गई दुर्घटना भएको थियो।

दुर्घटनाबाट घाइते भएका  स्कुटर चालक काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका घर भएका  ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको। स्कुटर पछाडि सवार म्याग्दी बेनीका ३३ वर्षी विमल श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ।

टिपर चालक रामेछाप दोरम्बा गाउँपालिका भएका ३६ वर्षीय तुल बहादुर सापकोटालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell