PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

उम्मेदवारको संख्या गणना गर्दै निर्वाचन आयोग, अहिलेसम्म १ लाख ४१ हजार बढी उम्मेदवार



पहिलोपोस्ट

उम्मेदवारको संख्या गणना गर्दै निर्वाचन आयोग, अहिलेसम्म १ लाख ४१ हजार बढी उम्मेदवार

काठमाडौं : निर्वाचन आयोगले १ लाख ४१ हजार ४६८ जनाले स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएको जनाएको छ। आज बिहान १०:१५ सम्मको अपडेट अनुसार १ लाख ४१ हजारभन्दा बढीले उम्मेदवारी दर्ता गराएका हुन्।

पालिका प्रमुखमा ३ हजार ३१८ जना, पालिका अध्यक्षमा ३ हजार ३०६ जना, पालिका उपप्रमुखमा २ हजार ३६ जना र पालिका उपाध्यक्षमा २ हजार ३४३ जनाले मनोनयन दर्ता गराएका छन्।

यस्तै, देशभर वडा अध्यक्षमा ३३ हजार १११ जना, महिला सदस्यमा २४ हजार २८६ जना, दलित महिला सदस्यमा २१ हजार ९७९ जना र सदस्यमा ५१ हजार ९२ जनाले मनोनयन दर्ता गराएका छन्।

कुन प्रदेशमा कतिजनाले दिए उम्मेदवारी ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell