PahiloPost

May 28, 2025 | १५ जेठ २०८२

टिकट नपाएपछि आफ्नै पार्टीका उम्मेदवारविरुद्ध कांग्रेस पालिका सभापतिले उठाए श्रीमती र सालोलाई बागी



पहिलोपोस्ट

टिकट नपाएपछि आफ्नै पार्टीका उम्मेदवारविरुद्ध कांग्रेस पालिका सभापतिले उठाए श्रीमती र सालोलाई बागी

काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिकाका नेपाली कांग्रेसका सभापतिले पार्टीकै उम्मेदवारविरुद्ध श्रीमती र सालोलाई बागी खडा गरेका छन्।

सत्तारुढ गठबन्धनबाट गाउँपालिकाको अध्यक्ष कांग्रेसले पाएको थियो। गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट गीता कुमारी गुरुङको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सिट बाँडफाँडमा असन्तुष्टि जनाउँदै कांग्रेसकै गाउँपालिका सभापतिकि श्रीमती र सालोले स्वतन्त्र रुपमा अध्यक्षमा मनोनयन दर्ता गरेका हुन्। स्वतन्त्रबाट बिक्रम श्रेष्ठ र बिमला श्रेष्ठले उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

स्वतन्त्रबाट उम्मेदवारी दिने बिमला श्रेष्ठ कांग्रेस इच्छाकामना गाउँ कार्यसमितिका सभापति कृतिकुमार श्रेष्ठकी श्रीमती हुन् भने बिक्रम श्रेष्ठ सहोदर सालो हुन्।

सभापति श्रेष्ठ आफै अध्यक्षमा दावी गरेका थिए। पार्टीले उनलाई टिकट नदिएर गुरुङलाई दिएको थियो। उनले टिकट नपाएको असन्तुष्टि श्रीमती र सालोलाई बागी उठाएर प्रकट गरेको कांग्रेस चितवनका एक जिल्ला सदस्यले बताए।

पालिका अध्यक्षमा नेकपा (एमाले)बाट दान बहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट पदम थापा मगरको पनि उम्मेदवारी परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell