PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

अमेरिकाको ‘ह्युस्टन फिल्म फेस्टिभल’ मा महेश त्रिपाठी उत्कृष्ट अभिनेता घोषित



पहिलोपोस्ट

अमेरिकाको ‘ह्युस्टन फिल्म फेस्टिभल’ मा महेश त्रिपाठी उत्कृष्ट अभिनेता घोषित

काठमाडौं: अभिनेता महेश त्रिपाठी अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेता घोषित भएका छन्। वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा त्रिपाठी फिल्म ‘हल्कारा’ बाट विजेता बनेका हुन्।

त्रिपाठीले अमेरिकी अभिनेता बेन गेविन र बेलायती अभिनेता ओलिवर लीलाई पछि पार्दै उत्कृष्ट अभिनेता बनेका हुन्।

‘हल्काराले’ उत्कृष्ट विदेशी चलचित्रको अवार्ड पनि हात पारेको छ। यही चलचित्रबाट उत्कृष्ट छायाङ्कारको अवार्ड चिन्तनराज भण्डारीले जितेका छन्।

महेशको मुख्य भूमिका रहेको यस फिल्ममा बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्व.दीपक क्षेत्री, विद्या कार्की लगायतका कलाकारहरूको अभिनय रहेको छ। विक्रम सापकोटा निर्देशित फिल्मको कथा विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन्।

वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिभल अमेरिकाको तेस्रो पुरानो फिल्म फेस्टिभलको रूपमा मानिन्छ। यस पटकको फेस्टिभलमा विश्वका ३० फिचर फिल्म र ६० बढी लघु फिल्म देखाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell