PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

इन्द्रसरोवर गाउँपालिकामा दुईजना वडा सदस्यमा निर्विरोध



पहिलोपोस्ट

इन्द्रसरोवर गाउँपालिकामा दुईजना वडा सदस्यमा निर्विरोध

काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि इन्द्रसरोवर गाँउपालिकामा नेकपा एमालेका दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।

मकवानपुर जिल्लास्थित उक्त गाँउपालिकामा दलित महिलातर्फ दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो।

एमालेबाट दलित महिला सदस्य पदमा मनोयन दर्ता गराएकी उक्त गाँउपालिका-१ की लक्ष्मी दमाइँ  र सोही गाँउपालिका वडा नं ४ की सावित्रा सुनार निर्विरोध निर्वाचित भएका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell